१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारीले वैशाख ४ देखि भारतको राजकीय भ्रमण गर्ने

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ५ दिने राजकीय भ्रमण गर्ने भएकी छन्। उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा वैशाख ४ देखि भारतको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको हो।

राष्ट्रपति भण्डारीले वैशाख ५ गते राष्ट्रपति भवनमा गार्ड अफ अनर लिने कार्यक्रम रहेको छ। भ्रमणको क्रममा राष्ट्रपति मुखर्जी, उपराष्ट्रपति मोहम्मद हमित अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका केही मन्त्रीहरु भेट्ने भेट्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति भण्डारी नेपाली राजदूतावासले वैशाख ४ गते आयोजना गरेको रात्री भोजमा सहभागि हुने छन्।  पाँच दिने भ्रमणको क्रममा गुजरात र उडिसा समेत जाने कार्यक्रम रहेको छ।
 

 

प्रकाशित: ३० चैत्र २०७३ ०६:४० बुधबार

राष्ट्रपति भण्डारीले भारतको राजकीय भ्रमण गर्ने