१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नयाँ दललाई निर्वाचन चिन्ह नदिने गरी कानुन बनाउनु लोकतन्त्र विपरित: डा. भट्टराई

काठमाडौं-  नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले लोकतन्त्रमा राजनीतिक दललाई निर्वाचन चिन्ह नदिने गरि कानुन बनाउनु गलत भएको बताएका छन्। 'दललाई निर्वाचन चिन्ह नदिने गरि कानुन ल्याउनु लोकतन्त्रको मर्म विपरित हो', सोमबार एक छलफलमा उनले भने, 'संविधानसँग बाझिने कानुन बनाउनु हुँदैन।'

निर्वाचनमा भाग लिन्छु चुनाव लड्छु भन्ने दललाई यसले निरुत्साहित बनाउन खोजेको उनको भनाई थियो। यस अघि निर्वाचन बहिस्कार गरेका बैद्य माओवादी पनि निर्वाचनमा भाग लिने भनेका छन्, अन्य नयाँ दलहरु पनि चुनावमा जाँदैछन् यस्तो अवस्थामा नयाँ दललाई निर्दलीय चुनावमा पठाउन खोज्नु अलोकतान्त्रीक भएको उनको भनाई छ। निर्वाचन चिन्हको लागि प्रधानमन्त्रीलाई भेट्दा सकारात्मक भए पनि व्यवहारमा त्यो नदेखाएको उनले बताए। कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेष मार्फत गर्न सकिने बताए पनि त्यसमा अग्रसर नभएको उनको भनाई छ। 'प्रधानमन्त्रीले यस्तो ऐन भएको थाहा नभएको भन्दै सुधारिने बताउनु भयो', भट्टराईले भने, 'तर त्यसमा उहाँ अग्रसर देखिनु भएन।' नयाँ शक्तिले निर्वाचनको लागि तयारी गरिरहेको उनको भनाई छ।

प्रकाशित: २८ चैत्र २०७३ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App