१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लहानमा एमाले र मधेसी मोर्चाबीच झडप, १८ नियन्त्रणमा

लहान- लहानमा एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ। नेकपा एमालेले पशुपति आदर्श माविबाट निकालेको जुलुसलाई विथोल्न मधेसी मोर्चाले पनि जुलुस निकाले पछि दुई पक्षबीच तनाब भएको थियो। एमालेले लहान नगरपालिकाको नगरसभा हलमा पार्टी प्रवेश कार्यक्रम राखेको थियो। दुई पक्षबीच तनाब भए पछि संघीय समाजवादी फोरम सिराहाका अध्यक्ष वादल यादव सहित १८ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिरा बहादुर पाण्डेले बताए। उनीहरुलाई इलका प्रहरी कार्यालय लहानमा राखिएको छ।

यता एमालेको कार्यक्रम स्थलमा कडा सुरक्षा प्रदान गरिएको छ। नगरपालिकाको सभाहल बाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ। मोर्चाका कार्यकर्ताले अहिले पनि प्रदर्शन जारी राखेका छन्।

प्रकाशित: २६ चैत्र २०७३ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App