१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बालेन साहलाई बेल्जियम जान मन्त्रिपरिषद्ले दियो स्वीकृत

काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह ४ दिने बेल्जियम भ्रमणमा जाने भएका छन्। यसका लागि आज बसेको मन्त्रिपरिषद्ले स्वीकृत समेत गरेको छ।  

मेयर साह जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘मेट्रो पोलिस वल्र्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट २०२३’ विषयक कार्यक्रममा सहभागि हुन जान लागेका हुन्। आज बसेको मन्त्रिपरिषद्ले उनको भ्रमणलाई स्वीकृत गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।  

पछिल्लो समय मेयर साह र केन्द्र सरकारबीच सम्बन्ध राम्रो छैन। सरकारको तर्फबाट बोलाइएको बैठक समेत मेयर साहले बहिस्कार गर्दै आएका छन्। केन्द्र सरकारसँग बैचारिक मतभेद देखिइरहेको बेला सरकारले भने मेयर साहको भ्रमण स्वीकृत गरेको छ।  

प्रकाशित: २४ जेष्ठ २०८० ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App