१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्थमन्त्रीको स्पष्टीकरण: विधेयक टाइप मात्र श्रेष्ठले गरेका हुन्,बिचौलियालाई त छेउछाउ पर्न दिएको छैन्

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक टाइप गर्नका लागि पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई राखिएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा. महतले  आर्थिक विधेयक टाइप गर्नका लागि पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई राखिएको बताएका हुन्।

उनले आफू आउनुभन्दा अगाडि नै सहयोगीका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको बताए। महतले भने, ‘निर्णय प्रक्रियामा उहाँ हुने कुरै भएन। निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा यो यो इन्टर गर भनेर इन्टर गर्ने काम मात्र हो।’

महतले आर्थिक विधेयक निर्माणको क्रममा बिचौलियालाई त छेउछाउ पनि आउन नदिएको बताएका छन्। 

प्रकाशित: २३ जेष्ठ २०८० ०९:१५ मंगलबार

डा. प्रकाशशरण महत आर्थिक विधेयक