६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पृथ्वीनारायणको समयदेखि मधेसी शोषित : अध्यक्ष ठाकुर

अन्य पार्टीबाट आएकालाई माला गराएर स्वागत गर्दै नेता ठाकुर र सोनल । तस्विर : उपेन्द्र यादव

बारा –  तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पृथ्वीनाराण शाहको पालादेखि नै मधेसी समुदाय शोषित हुँदै आएको बताएका छन्।

तराई–मधेस लोकतान्त्रिक पार्टीको निर्वाचन क्षेत्र नम्बर ४ ले प्रसौनीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले पृथ्वीनारायण शाहले नेपाल राज्य बनाएपछि राज्य सञ्चालन पहाडी समुदायको बाहुन, क्षेत्रीले मात्रै गर्दै आएको अरोप लगाएका छन्।

'मोर्चाको मागलाई वेवास्ता गरेर तीन दल अघि बढे देशमा उत्पात  मच्चिन सक्छ' - अध्यक्ष ठाकुर

राज्यको आधा भन्दा बढी संख्या भएका मधेसी, दलित,आदिवासी लगायतका पिछडिएका समुदायहरू राज्यको ठूलो पदमा बस्नबाट अहिलेसम्म वञ्चित हुँदै आएको ठाकुरले बताए।

मधेसी मोर्चाले अघि सारेका मागहरूलाई पुरा गर्दा वर्षौँदेखी एकलौटी रुपमा गरिदै आएको राज्य सञ्चालन गर्न नसकिने भएकोले केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दहालले आन्तरिक साँठगाँठ गरेको उनले बताए।

मोर्चाले उठाएका मागहरूलाई संस्थागत गर्दा मधेसी, आदिवासी, जनजाती लगायतका समुदाय शोषण मुक्त हुने भएकाले गर्दा प्रमुख तीन पार्टीका नेताहरू मिलेर अहिले नौटंकी गरिरहेको समेत अरोप उनले लगाए ।

२२ जिल्ला पहिलादेखी तराई –मधेस भनिदै गए पनि अहिले ८ जिल्ला दिएर १४ वटा जिल्लामा रहेका मधेसी, आदीवासी, जनजातीमाथि शोषण गरी नै राख्ने नीति तीनै दलको रहेको अरोप ठाकुरले लगाए ।

अहिले मधेसी मोर्चा शान्तिपूर्ण आन्दोलन गरिरहेको अवस्थामा मोर्चाको मागलाई वेवास्ता गरेर तीन दल अघि बढे देशमा उत्पात समेत मच्चिन सक्ने चेतावनी उनले दिए।

कार्यक्रममा भलुही भरवली गाविसका एमालेका निर्वातमान गाविस अध्यक्ष देवबावु पटेल, इटिआही गाविसका एमालेका पूर्व गाविस अध्यक्ष शंकर यादव, काँग्रेस कार्यकर्ता तथा बारा उद्योग वाणिज्य संघका उपाध्यक्ष भोला शाह, सत्यनारायण शाह, अमिरीलाल शाह लगायत एमाले र काँग्रेसबाट दुई सय कार्यकर्ता तमलोपामा प्रवेश गरेको पार्टीका नेताहरूको छ ।
 

प्रकाशित: २१ चैत्र २०७३ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App