२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

मोर्चालाई स्थानीय निर्वाचनमा समेट्नुपर्छ : नेता कोइराला

बारा – नेपाली काँग्रेका नेता डा. शेखर कोइरालाले मधेसी मोर्चालाई स्थानीय निर्वाचनमा समेट्नुपर्ने माग गरेका छन् । मोर्चा देशको मध्यमार्गी शक्ति भएकाले स्थानीय निर्वाचनमा भाग लिने वातावरण ठूला दलहरूले मिलाउनुपर्ने उनले बताए ।
नेपाल प्रेस युनियन बाराले आइतबार सिमरा विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले मध्यमार्गी शक्ति भएको मोर्चालाई चुनाव भन्दा बाहिर राखेर चुवान गराएमा देशमा बिखण्ड हुने खतरा रहेको बताए ।
मोर्चाको मागलाई पुरा गर्ने सरकारको तयारी रहे पनि एमाले बाधक बनेको बताउँदै उनले अहिले एमालेले उग्र राष्ट्रवादको कुरा गरेर देशमा बिखण्डन तर्फ लागेको आरोप लगाए । त्यस्तै उनले मोर्चाका केही नेताहरू पनि उग्र कुरा गर्दै देशलाई बिखण्डनको बाटोमा हिडेको बताए । 
उनले भने, ‘एमालेका नेताहरूको उग्र राष्ट्रवादको कुराले एमालेले देशलाई दुई भागमा विभाजित गरेको अवस्थामा काँग्रेसको काँधमा देशलाई एक बनाएर राख्ने जिम्मेवारी थपिएको छ ।’
साथै उनले आसन्न निर्वाचनमा काँग्रेसले गाउँ स्तरबाट छनौट भएर आएका व्यक्तिहरूलाई मात्रै पार्टीको तर्फबाट उम्मेद्वार बनाउनु पर्ने सुझाव दिए । 

प्रकाशित: २० चैत्र २०७३ ०७:०२ आइतबार

मोर्चालाई स्थानीय निर्वाचनमा समेट्नुपर्छ नेता कोइराला