११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको निर्वाचन घोषणा पत्र लेखन समिति ३५ सदस्यीय

काठमाडौं- स्थानीय तह निर्वाचन घोषणा पत्र लेखन समितिलाई कांग्रेसले पूर्णता दिएको छ। केन्द्रीय सदस्य महेश आर्चायको संयोजकत्वमा रहेको समितिलाई शनिबार विस्तार गरी ३५ सदस्यीय पुर्‍याइएको हो।

समितिमा रामशरण महत,मिनेन्द्र रिजाल, फरमूल्लाह मन्सुर,मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, शेखर कोइराला,आनन्दप्रसाद ढुंगाना, चन्द्र भण्डारी, कमला पन्त, अजयकुमार चौरसिया,  अम्बिका बस्नेत, धनराज गुरुङ, महेन्द्र यादव, रत्न शेरचन, मीन विश्वकर्मा, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने,सीता गुरुङ, सुजाता परियार, गोविन्द भट्टराई, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, रामकृष्ण यादव, विश्वप्रकाश शर्मा, डिला संग्रौला, किरण यादव र सरिता प्रसाई सदस्य छन्।

समितिमा पार्टी  पदाधिकारी र सदस्यहरु, मन्त्रीहरु घोषणापत्र तयारी समितिका आमन्त्रित सदस्य हुने जनाएको छ । पार्टीका सांसद र संसदीय दलसँग परामर्श गर्ने कार्यविधि अवलम्वन गर्ने जनाएको छ । भ्रातृ एवं शुभेच्छुक संस्थाका सभापति÷अध्यक्षहरु छलफलमा सहभागि गराउने जनाउँदै पार्टीका विभिन्न तह÷निकायका साथै वुद्धिजीवी–प्रवुद्धसँग पनि परामर्श गरिने जनाएको छ ।

समितिको बैठक आइतबारका लागि बोलाइएको छ। 

प्रकाशित: १९ चैत्र २०७३ ११:५७ शनिबार

कांग्रेसको निर्वाचन घोषणा पत्र लेखन समिति ३५ सदस्यीय