आज प्रमुुख प्रतिपक्ष दल नेकपा एमालेको बैठक बस्दैछ। बैठक आज बिहान साढे ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु हुनेछ। बैठकले वार्षिक कार्य योजनालाई अन्तिम रूप दिनुको साथै केन्द्रिय सदस्यहरूको कार्यविभाजन गर्नेछ।
गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रिय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भुगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रिय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो।
प्रकाशित: १९ जेष्ठ २०८० ०४:२५ शुक्रबार