५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्र र जनताको हितका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिन जरुरी: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनताको हीतका लागि काम गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

शनिवार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भुमिका रहेपनि राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले सबै एक ठाउँमा उभिनुपर्ने बताए। जनताको हीतमा समझदारी र सहमति आवश्यक रहेको उनले उल्लेख गरे। उनले विगतका नमिठा पक्षलाई बिर्सिएर जनता र देशको विकासका लागि लाग्न आह्वान गरे।

उनले भने, ‘यही सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भुमिका छन्। सिद्धान्ततः त्यो कुरा हामी बुझ्छौँ पनि। तर राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले हर्ने हो भने हामी कतै न कतै हामी एक ठाउँमा उभिन आवश्यक छ। कहीँ न कहीँ हामीले समझदारी र सहमति कायम गर्न आवश्यक छ। त्यसकारण प्रधानमन्त्रीको हैसियतले मैले हुनतः केही तीता, नमिठा पनि भएका छन्, पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा त्यसका मनोभावनाहरु छन्। तर त्यो भन्दा माथि राष्ट्र र जनता हो, त्यसकारण जनताका हीतमा काम गर्न एक हुनुपर्छ।’ 

प्रधानमन्त्री दाहालले आफ्नो ठाउँबाट गर्नुपर्ने त्याग गरेको स्पष्ट पारे। उनले अहिले देशका अघि रहेका समस्या र चुनौतिको समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गरे।  

प्रकाशित: १३ जेष्ठ २०८० १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App