२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

मोर्चाका १३ नेता प्रहरी नियन्त्रणमा

लहान- लहान प्रहरीले सहिद चोकबाट मोर्चाका १३ जना नेतालाई नियन्त्रणमा लिएको छ। सहित चोकबाट १३ जनालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय लहानका ईन्सपेक्टर जुगेश्वर राउतले जानकारी दिए।

                सद्‍भावना पार्टीका सहमहासचिव राजकुमार गुप्ता, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सत्यनारायण यादव, मोर्चाका लहान संयोजक कृष्ण बहादुर यादव, दिनेश यादव सहित १३ जनालाई नियन्त्रणमा राखिएको राउतले बताए।

                यस्तै लहान स्थित मालपोत कार्यालयमा ढुँगा प्रहार गरी सिसा फुटाईएको प्रहरीले जनाएको छ। नेकपा एमालेको लहान १ स्थित नगर पार्टी कार्यालयमा तोडफोड गरी फर्निचर र कागजात राजमार्गमा ल्याएर आगजनी गरिएको लहान प्रहरीले जनाएको छ। सरकारी कार्यालय र एमाले पार्टी कार्यालयमा तोडफोड, आगजनीका घटना भएपछि लहानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

                एमाले पार्टी कार्यालय अगाडी ठूलो सँख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस्तै सरकारी कार्यालयहरु बन्द रहेपनि अगाडि सुरक्षाकर्मी तैनाथ गरिएको छ।

प्रकाशित: २४ फाल्गुन २०७३ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App