५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

इपिजी प्रतिवेदन बुझ्ने नबुझने कुरा भारत भ्रमणको तत्कालिन परिस्थितीमा मात्र भन्न सकिन्छः दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रवुद्ध व्यक्तिहरुको समूहले नेपाल–भारतका विविध पक्षहरुमा तयार पारेको इपिजी प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीहरुले बुझने की नबुझने कुरा तत्कालिन अवस्थामा मात्र भन्न सकिने बताएका छन्।  

नेकपा एमालेका सांसद रघुजी पन्तले बिहीबारको प्रतिनिधिसभा बैठकमा ‘तपाईको भारत भ्रमणका क्रममा इपिजी प्रतिवेदन दुवै बुझने काम हुन्छ की हदैन?’ भन्दै प्रधानमन्त्री दाहाललाई प्रश्न गरेका थिए।

उनको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री दाहालले भने, ‘यो त भारत भ्रमणमा गएर कुरा गरेपछिको परिस्थितीमा मात्र भन्न सकिन्छ।’ प्रधानमन्त्री दाहालले यसमा थपे, ‘हामीले एक इन्च जमिन पनि छोड्न सक्दैनौ, हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिदैन। यो कुरामा हामी सबै दल एकमत छौं।’ सांसद पन्तले कालापानी, लिम्पियाधुरा र लिपुलेखको जमिन फिर्ता ल्याउने कार्यसूची छ की छैन भन्ने प्रश्नमा उल्लेखित जवाफ दिएका थिए।  

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका क्रममा राष्ट्रिय हित र अखण्डतामा आँच आउने कुनैपनि काम नहुने दाबी गरे।

प्रकाशित: ४ जेष्ठ २०८० ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App