१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई किन जानकारी दिइदैनः सांसद गैरे

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले ‘नक्कली भुटानी शरणार्थी प्रकरण’बारे सरकारले सदनलाई जानकारी नदिएको भन्दै आपत्ति जनाएका छन्।

उनले सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै भने, ‘यो प्रकरण यस्तो भएको छ। कारवाहीमा यति प्रगति भएको छ भनेर सरकारले के कारणले सदनलाई जानकारी गराएको छैन?’

उनले बैशाख २६ र २७ गतेको प्रतिनिधिसभा बैठकमा सभामुख समेतले सदनलाई जानकारी दिन सरकारलाई रुलिङ गरेको उल्लेख गर्दै सोमबार (आज)को कार्यसूचीमा यो बिषय नराखेको भन्दै आपत्ति जनाए।

‘मानव बिक्रि वितरण गर्ने मानव तस्करी जस्तो जघन्य र अपराधजन्य बिषयमा सदनलाई जानकारी दिनुपर्दैन?’, गैरेले प्रश्न गरे, ‘के कारणले सरकारले सदनलाई जानकारी दिन सकेको छैन।’

उनले जनतालाई मानव तस्करमा संलग्नहरुलाई कारवाही हुन्छ भन्ने कुरामा विश्वास नभएको समेत उल्लेख गरे। ‘यो प्रकरणको छानविनमा पनि ढिलासुस्ती भइरहेको छ’, सांसद गैरेले भने।

प्रकाशित: १ जेष्ठ २०८० ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App