१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सिंजा क्याम्पसमा नेविसंघका खत्री सर्वसम्मत

जुम्ला—सिंजा बहुमुखी क्याम्पस, धाँपा जुम्लाको स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघका अमरसिंह खत्री सर्वसम्मत अध्यक्ष चुनिएका छन्। सबै विद्यार्थी संगठनहरुको सहमतिमा खत्री सभापति बनेको निर्वाचन अधिकृत नविन शर्माले जनाकारी दिए। 

उपाध्यक्षमा नेपाल क्रान्तिकारी विद्यार्थी संघका रवि बडुवाल, सचिबमा अखिल क्रान्तिकारीका तीर्थ तिरुवा र कोषाध्यक्षमा सविता आचार्य चयन भएको अधिकृत शर्माले बताए।

 त्यसैगरी सहसचिव भुपिनन्द जैसी  र सदस्यहरु धनमान रोकाया, गोविन्द रोकाया निर्वा्चित भएको निर्वाचन समितिले जानकारी दियो ।

२०६५ सालमा स्थापना भएको सिंजा बहुमुखी क्याम्पसमा ७७ जना विद्यार्थी अध्ययनरत छन् । अमराज लामो समय देखि विद्यार्थी राजनितीमा सक्रिय थिए । सवै दलका शुभेच्छुक विद्यार्थी संघ संगठनको सहमतिमा  सर्वसम्मत रुपमा सभापति चयन भएको हो।

प्रकाशित: १७ फाल्गुन २०७३ १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App