१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

बालकृष्ण खाणसहित १२ जना अभियुक्तहरु अदालतमा पेश

तस्बिर: प्रसन गरुङ/नागरिक

आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको र थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेको हो।

आइतबारसम्म यस मुद्दामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पुर्जी जारी भएकामध्ये एकजना फरार छन्। आइतबारमात्र थप दुईजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ। पूर्वउपप्रधानमन्त्री रायमाझी भने फरार छन्।

तस्बिरहरु : प्रसन गरुङ/नागरिक

प्रकाशित: ३१ वैशाख २०८० ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App