काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवको निर्वाचनमा एमालेले जित्ने र अरुले सिक्ने बताएका छन्। पार्टी मुख्यालय धुमबाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने, 'निर्वाचनमा एमालेले जित्छ, अरुले सिक्छन्' हार्ने कोही पनि हुँदैन।'
अहिले चुनाव भन्ने वित्तिकै केही पार्टीलाई डर लाग्ने स्थिति भएको ओलीले बताए। 'स्ववियू देखि नै डर छ नेवि संघमा पनि त्यै देखियो', ओलीले भने, 'स्थानीय तहको निर्वाचन खुशी मनले भएको होइन। चन्द्र शमशेरलाई त्रीचन्द्र कलेज खोल्दा जस्तै भएको छ अरु दललाई निर्वाचन घोषणा गर्दा त्यस्तै भएको छ।'
'चन्द्र शमसेरले भाषण गरेर भनेका थिए: कलेज खोलेर आफ्नै खुट्टमा बन्चरो हानेका हौं, अहिले दलहरुलाई निर्वाचन पनि त्यस्तै भएको छ', ओलीले भने।
कार्यक्रममा माओवादी केन्द्र छोडर आउनेहरुलाई ओलीले एमालेमा स्वागत गरेका थिए।
प्रकाशित: १५ फाल्गुन २०७३ ०९:१२ आइतबार