३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने हाम्रो सहमति छः प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने तीन दलका शिर्ष नेताहरुका बीचमा सहमति भएको बताएका छन्।

बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउनेआफूहरुका बीचमा सहमति भएको बताएका हुन्।  

उनले दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्नेगरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै प्रहरीले विधि, विधान, नियम र पद्धती अनुसार काम गरिरहेको बताए।

उनले भने, ‘हामीहरुको भेट बढी चाहीँ सदनलाई कसरी सुचारु रुपले लैजाने, त्यहाँ समितिहरु बनाउने, संयुक्त समितिहरु बनाउने विषयमा नै छलफल हामीले गरेको हो। तपाईहरुलाई लागेको छ त्यही एउटै केसमा होला भनेर त्यो चाहीँ होइन। आशंका गर्नुपर्ने केही कारण छैन। हामीले बिल्कुल क्लियर भाषामा भनेका छौँ। दोषि कोही नछुटोस्। निर्दोष कोही नपरोस्। प्रहरीले आफ्नो काम ठिक ढंगले गरोस् भनेर हामीले स्ट्यान्डिङ अर्डर दिएकै छौँ प्रहरीलाई। प्रहरीले आफ्नो काम गरेको छ। त्यसकारण यसमा दुविधा हुनुपर्ने, आशंका गर्नुपर्ने केही कारण छैन। जे भएको छ विधि, विधान अनुसार, नियम, पद्धती अनुसार प्रहरीले आफ्नो काम गरेको छ। हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौँ। यो विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडी बढाएको छ, उसलाई कुनै डिस्टर्ब गर्नु हुँदैन भन्ने हाम्रो सबैको सहमति छ।’

प्रकाशित: २७ वैशाख २०८० १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App