१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्वाचन मिति तय गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा हुँदै

सत्ता गठबन्धनको बैठकमा सहभागी नेताहरु। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्नेबारे छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा दुई दलका शीर्ष नेताहरुको उपस्थिति छ।

स्रोतका अनुसार छलफलमा निर्वाचन मिति घोषणा गर्नेबारे छलफल भइरहेको छ। दुई दलबीच मितिमा सहमति भएपछि मन्त्रिपरिषद् बैठकबाट औपचारिकरुपमा सरकारले स्थानीय निकायको मिति घोषणा गर्नेछ।

शनिबार मधेसी मोर्चाका नेताहरुलाई बोलाएर प्रधानमन्त्री पुष्षकमल दाहालले सरकार निर्वाचन मिति घोषण गर्ने तयारी गरेको जानकारी गराएका थिए। कतिपय कुरा आफ्नो बशमा नहुने भन्दै प्रधानमन्त्रीले निर्वाचन मिति घोषणा गरेर संविधान संशोधनतिर लाग्ने मोर्चाका नेताहरुलाई आश्वासन दिएका थिए। 

तर मोर्चाका नेताहरुले संविधान संशोधन नगरिकन निर्वाचनमा जान नसक्ने दोहोर्‍याएका थिए। मोर्चाले सरकारले मिति घोषणा गरेकै दिन आन्दोलन घोषणा गर्ने सरकारलाई चेतावदी दिएको थियो।

प्रकाशित: ८ फाल्गुन २०७३ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App