१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'चुनाव गराउने जिम्मेवारी कांग्रेस काँधमा'

काठमाडौं- सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको जग बलियो बनाउन  संविधानले तोकेअनुसार तीनै तहको निर्वाचन हुनुपर्ने बताएका छन्। प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित 'चिन्तन' नामक पुस्तक बिहीबार राजधानीमा लोकार्पण गर्दै देउवाले सबै राजनीतिक शक्तिलाई समेटेर निर्वाचनमा लैजाने काम कांग्रेसले गर्ने बताए। 'स्थानीय तह, प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन नगराएसम्म लोकतान्त्रिक गणतन्त्रकोे जग मजबुत हुँदैन,' देउवाले भने, 'सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराउने जिम्मेवारी कांग्रेसको काँधमा छ।'

देउवाले मधेसी दलको भावना समेट्न सरकारले संविधान संशोधन विधेयक ल्याएकाले पारित गर्न विपक्षी दल एमालेले पनि सहयोग गर्नुपर्ने बताए। संविधान कार्यान्वयन भएमात्र मुलुक आर्थिक रुपमा अगाडि बढ्ने स्पष्ट गर्दै उनले भने, 'संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्छ। संविधान कार्यान्वयन नभए मुलुकमा संकट आउँछ।'

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले केही दिनमै स्थानीय निकाय निर्वाचन मिति घोषण गर्ने तयारीमा सरकार लागेको बताए। भारतमा संविधान निर्माण भएपछि अहिलेसम्म १ सय ३१ पटक संशोधन भइसकेको उल्लेख गर्दै केसीले नेपालमा संविधान संशोधन गर्नुहुँदैन भन्ने हठ त्याग्न प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरे।

समाजले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महŒवपूर्ण भूमिका निर्वाह गरेका विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहको स्मृतिमा विशेषांक निकालिसकेको छ।

प्रकाशित: २१ माघ २०७३ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App