४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार

फाइल तस्बिर

भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ।

उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

उनको स्वास्थ्योपचार बुधबारदेखि चौथो दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। राष्ट्रपति पौडेल स्वास्थ्योपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए।

प्रकाशित: ९ वैशाख २०८० १५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App