४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आफ्ना उम्मेदवारलाई भोट माग्न बारामा शिर्ष नेताहरुको ओइरो

बैशाख १० गतेको उपनिर्वाचनलाई लक्षित गरेर बारा २ मा आज सत्ता साझेदार पाँचदलीय गठबन्धन र नेकपा एमालेले छुट्टा छुट्टै चुनावी महासभा गर्दै छन्। आ-आफ्ना उम्मेदवारलाई भोट माग्न शिर्ष दलका शिर्षस्थ नेताहरु आज बारा पुग्दै छन्।  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बारा पुग्दै छन्।  उता आजै पाँच दलीय गठबन्धनका शिर्ष नेताहरु पनि आमसभाका लागि बारा पुग्दै छन्। बाराको चर्को घामको प्रवाह नगरी शिर्षस्थ नेताहरु चुनावी सभामा दौडिएका छन्।  

पाँचदलीय गठबन्धनले बारा २ को महागढीमाईको बरियारपुरमा बिहानको ११ बजे चुनावी महासभा गर्न लागेको हो। गठबन्धनको तर्फबाट बारामा २ मा उम्मेदवार रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भोट माग्न शिर्ष नेताहरुले आमसभामा सम्बोधन गर्ने छन्।  

चुनावी महासभालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धनका दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

नेकपा एमाले अध्यक्ष ओली भने बाराको पचरौता नगरपालिकास्थित बेनौली गाउँमा जाँदै छन्।ओली दिउँसो १ बजेपछि बेनौली पुग्ने कार्यक्रम रहेको छ। त्यसै गरी राप्रपा उम्मेदवारको लागि गंजभवानीपुरमा आयोजना गर्न लागिएको कार्यक्रमलाई सम्बोधन गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बारा आउने कार्यक्रम तय गरिएको छ।

हेवी वेट नेताहरुलाई चुनावी सभामा उतारेर उम्मेदवारहरु मतदाता आकर्षित गर्ने रणनीतिमा छन्। आज मध्यरात ्देखि मौन अवधी सुरु हुँदै छ। त्यसअघि नै उम्मेदवारहरु अन्तिम प्रयासस्वरुप पार्टीका ठुला नेता लिएर चुनावी प्रचारमा उत्रनेछन्।

प्रकाशित: ७ वैशाख २०८० ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App