३ कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

लक्ष्मण राजवंशीले दर्ता गराए नयाँ पार्टी

काठमाडौं–पार्टीले कारवाही गरेपछि नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीले नयाँ दल संसदमा दर्ता गराएका छन्। राजवंशीले बौद्धिक जनतान्त्रिक परिषद नामक नयाँ दल संसदमा दर्ता गराएका हुन्। पार्टीले आफूलाई स्पष्टिकरणको मौकासमेत नदिइ पार्टीबाट हटाएपछि आँफूले नयाँ दल खोल्नु परेको राजवंशीले बताए।

‘पार्टीले मलाइ संविधान संशोधन प्रस्तावको पक्षमा उभिन दबाब दिएको थियो,’ उनले भने, ‘मैले ८२ वर्षको उमेरमा राष्ट्रहित विपरित काम नगर्ने बताएपछि मलाइ कारवाही गरे।’
आफूले मुलुकहित विपरित काम गर्न नमानेपछि कारवाही गरेको उनको भनाइ थियो। नेपाः राष्ट्रिय पार्टीले बुधबार विज्ञप्ति जारी गरी सरकारले  संसदमा टेबल गरेको संविधान संशोधन प्रस्तावका सम्बन्धमा पार्टीले दिएको निर्देशन अवज्ञा गरेपछि कारवाही गर्नु परेको उल्लेख छ।  

विज्ञप्तिमा पार्टीको निर्देशनलाई अवज्ञा गर्दै नेवाः प्रदेश तथा पहिचानवादी आन्दोलनका विरोधी गठबन्धनमा आबद्ध भइ पहिचान विरोधी गतिविधिमा संलग्न भएर पार्टीको नीति, उद्देश्य र सिद्धान्त विपरित कार्य गरेकाले पार्टीको केन्द्रीय समितिको बैठकले उहाँलाई निष्काशन गर्ने सर्वसम्मत निर्णय गरेको उल्लेख छ।’

उनले आफू कुनै पनि हालतमा संविधान संशोधनको पक्षमा उभिन नसक्ने तर पार्टीले बारम्बार दबाब दिएको उनको भनाइ थियो। पार्टीको निर्देशन मान्न आफूलाई विवेकले नदिएपछि कारवाहीको भागिदारी भएको उनले बताए। राजवंशी हाल एमाले नेतृत्वको विपक्षी दलको गठबन्धनमा आबद्ध छन्।

प्रकाशित: ६ माघ २०७३ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App