२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सांसद आचार्यको कटाक्ष: सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ?

नेकपा (एमाले)का सांसद भिमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन्।

६ महिना करिव हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उनको टिप्पणी थियो। मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ? भनि सत्तारुढ गठबन्धनलाई कटाक्ष समेत गरे।

उनले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि सचेत गराए। सरकारले आफ्ना कार्ययोजनाहरु संसदमा प्रष्ट ढंगले राखेर अघि बढनुपर्ने उनको माग थियो।

सांसद आचार्यले भने, ‘वर्तमान सरकार धेरै अलमलिईरहेको हामीले देखि राखेका छौं। अब यो सरकाले अहिलेसम्म आफ्नो पूर्णता समेत प्राप्त गर्न नसकेको छैन। लाजमर्दो अवस्था के हो भने सरकार र यसका अंगहरुले सरकार गठन भएको ६ महिना झण्डै आधि वर्षसम्म भईसक्दा पनि आफ्नो पूर्णता नपाउने, मन्त्रालयहरु खाली हुने, जनताले सेवा नपाउने, उनीहरु मर्कामा हुने, विकासमा कामहरु अलपत्र पर्ने खालको अवस्था अहिले विद्यमान छ। मेरो एउटा प्रश्न छ छ भने हामी मन्त्री र प्रधानमन्त्रीजीहरुका भाषण सुनिरहेका छौं–यो गर्छांै, त्यो गर्छौं। प्रधानमन्त्रीजीलाई मेरो प्रश्न, सरकारलाई मेरो प्रश्न, यो गठबन्धनका नेताहरुलाई मेरो प्रश्न के छ  भने तपाईहरुले यो सरकारलाई पूर्णता कति वर्ष लगाएर गर्नु हुन्छ? कति वर्ष लाग्छ? अनि, विकासको माग गर्न यहाँहरुलाई कति समय लाग्छ? कति दशक लाग्छ कि वर्ष लाग्छ कि। वा सताब्दी लाग्छ कि। उत्तर चाहियो। यो संसद भनेको सरकार बनाउनका लागि प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै होइन। संसद भनेको सरकारको जवाफदेहिता लिने ठाउँ हो। सरकारले आफ्ना कार्ययोजनाहरु यहाँ प्रष्ट ढंगले सार्वजनिक गर्नु पर्दछ। जे मन लाग्यो त्यही गर्ने। देशलाई बन्धक बनाएर जाने छुट कसैलाई छैन।’

सांसद आचार्यले सरकारले जे मन लाग्यो, त्यही गर्न नमिल्ने पनि पटकपटक दोहो¥याए।  

प्रकाशित: ५ वैशाख २०८० ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App