९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधार हुँदै

फाइल तस्बिर।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिएका छन्।

'घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा.दिव्यासिंह शाहले गरि रहेका छन्। 'उहाँको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको छ', प्रेस संयोजक बजगाईँले भने, 'भाइरल ज्वरो भएकाले सिटामोल खाइरहनुभएको छ।'

हिजो पार्टी अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो। आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा पुगी स्वास्थ्य लाभको कामना गरेका थिए।

प्रकाशित: ४ वैशाख २०८० १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App