११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

लोडसेडिङमुक्त देश बनाउने ऊर्जामन्त्रीको उद्घोष

वीरगन्ज– सरकारका ऊर्जा मन्त्री जनार्दन शर्माले नेपाल चाँडै लोडसेडिङ मुक्त हुने दाबी गरेका छन्। ऊर्जासंकट समाधानका लागि ‘उज्यालो नेपाल अभियान’ लिएर समग्र ऊर्जा मन्त्रालय एउटा टिमको रुपमा लागिरहेको उनले वीरगन्जमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले शनिबार बिहान राखेको पत्रकार सम्मेलनमा बताए।

देशकै समस्याको रुपमा रहेको लोडसेडिङ रह्दै आएकोमा यो अवस्थाको अन्त्य गर्न लागिपरेको बताउँदै सरकार अहिले भनेर भन्दा काम गरेर देखाउने गरी अगाडी बढिरहेको दाबी गरे।

ऊर्जा समस्या सामाधानका लागि योजनाबद्ध कामभइरहेको उनको भनाइ थियो । उत्पादनमा वृद्धी,  व्यवस्थित वितरण र चुहावट नियन्त्रण गरी देशलाई लोडसेडिङ मुक्त बनाउन सम्भव रहेकोले त्यसतर्फ लागिपरेको उनले बताए। वीरगन्ज पथलैया औद्योगिक करिडोरलाई भने चाँडै लोडसेडिङमुक्त गर्ने योजना बनिसकेको मन्त्री शर्माले बताए। उद्योगहरुको विकासका लागि सरकार गम्भीर रहेको प्रसंग जोड्दै उनले वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याउन काम भइरहेको बताए। मन्त्री शर्माले यसको लागि जनताको शेयर लगानीबाट सञ्चालन गर्ने छलफल भइरहेको बताए। वीरगन्जमै रहेको नेपालको एकमात्र कृषि औजार कारखाना पनि संचालन गर्न उद्योग मन्त्रालयसँग समन्वय गर्ने जनाए।

पत्रकार सम्मेलनमा उर्जा सचिव अनुप उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग, माओवादी केन्द्रकी कार्यालय सदस्य उर्मिला अर्याल लगायतको उपस्थिती थियो।

प्रकाशित: २३ पुस २०७३ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App