१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले प्राधिकरणका सिइओ हटाएपछि ओली आक्रोशित

काठमाडौं–सरकारले पुन निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई बर्खास्त गर्ने निर्णयप्रति प्रमुख प्रतिपक्ष एमाले आक्रोशित बनेको छ। एमाले अध्यक्ष केपी ओलीले भूकम्प पीडित अझै टहरामा बसिरहेको अवस्थामा सरकारले सिइओ अटाएर राम्रो नगरेको चेतावनी दिए।

बिहीबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा ओलीले सरकारले बजेट  र कर्मचारी नदिइ राम्रो काम नगरेको भन्दै सिइओ हटाएर राम्रो नगरेको बताएका हुन्। ‘प्राधिकरणलाई बजेट पनि नदिने, कर्मचारी पनि नदिने अनि काम गरेन भनेर हटाउने?,’ ओलीले भने, ‘भूकम्प पीडित अहिले पनि टहरामा बस्न बाध्य छन्, सरकार प्राधिकरणले काम गरेन भनेर सिइओ हटाउँदै छ। यसबाट सरकारको ध्यान केमा छ भन्ने प्रष्ट हुन्छ।’

उनले पाँच महिनादेखि लगानी बोर्डको बैठक बस्न नसकेको भन्दै ओलीले आपत्ति जनाए।

फरक प्रसंगमा  ओलीले सर्वोच्चको फैसलाको सम्मान गर्दै सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने बताए। ‘अदालतले नै अगाडि नबढाउनु भनेको संशोधन प्रस्ताव सरकारले फिर्ता लिनुपर्छ,’ उनले भने, ‘सर्वोच्चको फैसला विरुद्ध अगाडि बढे त्यसको परिणाम राम्रो हुन्न।’ ओलीले २४ गते बस्ने संसद बैठक अबरोध गर्नसक्ने संकेत पनि गरे।

प्रकाशित: २१ पुस २०७३ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App