२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

संशोधन प्रस्तावमा एमालेले पनि समर्थन गर्छ: सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्ताव प्रतिपक्षी एमालेसमेतको समर्थनमा पारित हुने दाबी गरेका छन्। सभापति देउवासँग रिपोर्टर्स क्लब नेपालले मंगलबार उनकै निवास बुढानीलण्ठमा आयोजना गरेको कार्यक्रममा संशोधन प्रस्ताव परिमार्जन नहुने पनि स्पष्ट पारेका हुन।

प्रतिपक्षी एमालेले संशोधन प्रस्तावमा समर्थन गर्ने आफुले संकेत पाएको जनाउँदै सभापति देउवाले भने, ‘एमालेको पनि सहमतिमा जेछ त्यही संशोधन प्रस्ताव पारित हुन्छ।’ संविधान संशोधनको प्रस्तावलाई लिएर उठेको प्रश्नलाई अदालतले निरुपण गरीदिएसँगै प्रमुख प्रतिपक्षी एमालेले संसदको अवरोध हटाउने विश्वास व्यक्त गरे। ‘एमाले जस्तो जिम्मेवार पार्टीले अब संसदको गतिरोध लामो समयसम्म जारी राख्छ भन्ने मलाई लाग्दैन,’ देउवाले भने, ‘आइतबारबाट अवरोध हट्छ। कुरा मिल्छ।’

संविधानको कार्यान्वयनका लागि तीनै तहको निर्वाचन अनिर्वाय रहेको बताउँदै सभापति देउवाले मंसिरभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराउने तयारी भइरहेको बताए। ‘तीनै तहको निर्वाचन मंसिरभित्र गराउने तयारी छ,’ उनले भने, ‘बैशाखमा स्थानीय तह/निकायको निर्वाचन हुन्छ।’

कांग्रेस/माओवादी गठबन्धनको वर्तमान सरकारले नै स्थानीय चुनाव गराउने देउवाले जिकिर गरे। प्रतिपक्षी एमालेलाई सरकारमा सहभागि गराएर राष्ट्रिय सहमतिको स्वरुप दिने विषयमा देउवाले भने, ‘अहिले चुनावको कुरा गर्नुस्, सरकार परिवर्तनको कुरा नगर्नुस्, यो गठबन्धन यथावत रहन्छ ।’

माओवादी नेतृत्वको वर्तमान सरकार परिर्वतन नहुने संकेत गर्दै देउवाले भने, ‘अहिले प्रधानमन्त्रीको कुरा नगर्नुस् । यहि सरकारले चुनाव गर्छ ।’ सभापति देउवाले पार्टीका विभागहरुपछि मात्र पदाधिकारी गठन गर्ने बताए । ‘विभागहरु गठन गर्न नाम मागेको थिए तर, कसैले दिएनन्,’ उनले भने, ‘अब छिट्टै विभाग गठन गर्छु ।’ पार्टीको सांगठनीक अवस्थाको जानकारी सबै केन्द्रीय सदस्यहरुलाई जिल्ला पठाई सकेको उनले जानकारी दिए ।  जिल्ला प्रतिनिधिले प्रतिवेदन बुझाएपछि निर्वाचनलाई केन्द्रीत गरी कार्यक्रम बनाउने उनले जानकारी दिए ।

 यसैबीच कांग्रेस सभापति देउवा र नेता रामचन्द्र पौडेलबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै संगठन सञ्चालनका विषयमा छलफल भएको छ । देउवा निवास बुढानीलकण्ठमा मंगलबार बिहान भएके छलफलमा सरकारले गरी रहेको राजनीतिक नियुक्तीका साथै पार्टी संगठन सञ्चालनका विषयमा छलफल भएको स्रोतको दाबी छ ।

प्रकाशित: १९ पुस २०७३ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App