१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दुई कम्युनिस्ट पार्टीबीच एकता

काठमाडौँ- नेकपा (माओवादी क्रान्तिकारी) र कम्युनिस्ट न्युक्लियस नेपालबीच आज एकता भएको छ।
नेकपा (माओवादी क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य र कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक भूपेन्द्र न्यौपानेले संयुक्त रुपमा पार्टी एकता भएको घोषणा गरे।
सो अवसरमा माओवादी क्रान्तिकारीका अध्यक्ष वैद्यले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन र राष्ट्रियता बचाउन कम्युनिट शक्तिको एकताको खाँचो औँल्याउँदै मुलुकमा वैज्ञानिक समाजवाद स्थापना गर्न जनवादी क्रान्ति सम्पन्न गर्नुपर्नेमा जोड दिए।
सोही पार्टीका प्रवक्ता हरिभक्त कँडेल र वामपन्थी नेता परि थापाले विभिन्न वामपन्थी पार्टीका शीर्ष नेतृत्वमा कम्युनिस्ट सिद्धान्तप्रति विचलन आएकाले पनि जनतामा कम्युनिस्ट आदर्श र विचारप्रति भ्रम सिर्जना हुँदै गएको भनी चिन्ता व्यक्त गरे।
कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक न्यौपानेले मुलुकलाई विखण्डनबाट जोगाउनुपर्ने र जनताले परिवर्तनपछि राखेका आशालाई पूरा गर्नुपर्नेमा जोड दिए। रासस

 

प्रकाशित: १७ पुस २०७३ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App