उपप्रधान एवम् रक्षा मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने वित्तिकै माटोलाई ढोगे। गृह जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री भएपछि पहिलो पटक खड्का शनिबार बुद्ध एयरको जहाजमार्फत सुर्खेत आइपुगेका हुन्।
खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा स्थानीयको ठूलो धुइँचो थियो। सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शीर निहुरिने गरेर कुनै पनि कामहरु आफूबाट नहुने बताए। ‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रुपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी विसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शीर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम ग¥यो भन्ने जस प्राप्त गर्न सकुँ,’ खड्काले भने, ‘त्यहीँ ताकत, आर्शिवाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्तीमा पाइला टेकेको छुश।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् निर्वतमान कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उपप्रधानमन्त्री खड्काले कर्णालीको माटोसँगै कर्णाली जनतालाई सम्मान सम्मान गरेको बताए। ‘यसले पनि उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीज्यूको कर्णालीप्रति कति सम्मान र माया छ भन्ने देखाउँछ,’ उनले भने, ‘कर्णालीको समृद्धि र विकासका लागि धेरै महत्वपूर्ण कामहरु हुनेछन् भन्ने अपेक्षा कर्णालीका जनताले लिएका छन्।’
प्रकाशित: २५ चैत्र २०७९ ०५:२७ शनिबार