१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ।

न्याय परिषद्को परामर्शमा चितवन क्षेत्र नं २ मा जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं २ मा जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं १ मा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई आज नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्धारा विज्ञप्तिमा जनाइएको छ।

यही चैत १८ गतेदेखि लागू हुने गरी उनीहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै यही चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ। निर्वाचनका सबै कार्यक्रम ती कार्यालयबाट सञ्चालन हुनेछन्।

प्रकाशित: १६ चैत्र २०७९ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App