१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आठ दलले संसद् अवरुद्ध गरिरहने

काठमाडौं— प्रमुख प्रतिपक्ष एमालेसहित संसद्का आठ विपक्षी दलले संसद् अवरोध कायमै राख्ने निर्णय गरेका छन्।

संविधान संशोधन विधेयक दर्तापछि आक्रोशित बनेका दलको अवरोधले मंसिर २४ गते स्थगित संसद् बैठक ३० गते बस्ने कार्यक्रम छ। सत्तासाझेदार दलले मंसिर ३० गतेसम्म सहमति जुटाएर संसद् सुचारु गर्ने तयारी गरे पनि विपक्षीले भने विधेयक फिर्ता नभएसम्म संसद् अवरुद्ध गर्ने निर्णय गरेका हुन्।

मंगलबार एमाले संसदीय दलमा बसेको आठ दलको बैठकले संशोधन विधेयक फिर्ता नभएसम्म संसद् अवरुद्ध गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए। ढकालका अनुसार आठ दलका तर्फबाट पुनः उक्त विधेयक फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गर्नेसमेत निर्णय भएको छ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत थिए।

ढकालका अनुसार बैठकमा एमाले अध्यक्ष ओलीले सत्तासाझेदार दलका नेता तथा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँगको छलफलमा संशोधन विधेयक फिर्ता लिन आग्रह गरे पनि सरकार विधेयक फिर्ता लिने पक्षमा नदेखिएको जानकारी गराएका थिए।

संशोधन विधेयकको विपक्षमा रहेका आठ दलमा २ सय सांसद छन्। सरकारले स्थानीय निर्वाचनको घोषणा गरे त्यसलाई आठ दलले स्वागत गर्ने ढकालको भनाइ छ।

 

प्रकाशित: २९ मंसिर २०७३ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App