१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कोशी प्रदेश: माओवादीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने

नेकपा माओवादी केन्द्रले  एमाले नेतृत्वको कोशी प्रदेश  सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने जनाएको छ। माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आज विराटनगरमा पत्रकार सम्मेलन गरी तत्काल प्रदेशसरकारलाई दिएको समर्थन फिर्ता नलिने  जानकारी दिएका हुन्।  

आङ्वोले कोशी प्रदेशमा विशिष्ट अवस्था रहेकाकारण तत्काल सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता नलिने स्पष्ट पारे ।  उनले भने‘अन्य प्रदेशको जस्तो अवस्था कोशी प्रदेशमा नरहेका कारण तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिंदैनौं।’  आङ्वोले  कोशी प्रदेशमा मध्यावधी निर्वाचन हुने र सभामुखले राजीनामा दिने हल्ला सत्य नभएको स्पष्ट पारे। 

उनले बजारमा हल्ला भएका कुरामा कुनै सत्यता नभएको र तत्काल कोशी प्रदेशमा सरकार परिवर्तन नहुने दाबी गरे । आङ्वोले पहिचानका आधारमा नामाकरणको माग गर्दै चैत ५ गते विराटनगरमा भएको झडपमा घाइते भई उपचारका क्रममा मृत्यु भएका पदम लिम्बुलाई शहिद घोषणा गर्न र मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे । आङ्वोले नामाकरणमा असन्तुष्ट पक्षसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारलाई आग्रह पनि गरे।  

आङ्वोले भने ‘प्रदेशको नामाकरणका विषयमा असन्तुष्ट पक्षसँग वार्ता गरी समस्या समाधानको समाधान सरकारले गर्नुपर्छ।’ प्रदेशको नामाकरण गरेसँगै नामका विषयमा छलफल नै नहुने भन्ने नभएको उनले बताए। नामाकरणको विषयमा छलफल र संवाद जारी राख्दै वर्ता र सहमति मार्फत  समस्या समाधान तर्फ सरकार र आन्दोलनरत पक्ष दुबै गम्भीर बन्नु पर्ने आङ्वोको धारणा छ।  

प्रकाशित: १० चैत्र २०७९ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App