२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

तत्काल निर्वाचन घोषणा गर : ओली

फाइल तस्विर

काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचन घोषणा गर्न माग गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बिहीबार बोल्दै कानुन बनाउने कार्यलाई तीब्रता दिनुपर्ने औंल्याए।

बंगलादेश टुक्र्याउने बेला मुज्जाफिर नामका एक सरकारी व्यक्तिले राज्यको सूचना चुहाएको स्मरण गर्दै एमाले अध्यक्ष ओलीले अहिले नेपालमा यस्ता सयौं मुज्जाफिर रहेको बताए। ‘उनीहरु खुलमखुल्ला हिँडिरहेका छन् मलाई अचम्म लागेको छ’, उनले भने।

सरकारले संविधान संशोधनपछि मात्र निर्वाचन भनेर रटान लगाइरहेको भन्दै उनले वर्तमान संविधानले चुनाब गराउन नरोकेको उल्लेख गरे। ‘अहिलेको संविधानको कुन धाराले चुनाब गराउन रोकेको छ? यो संशोधनको कुन चाहिँ धाराले चुनाब गराउन बाटो खोल्छ भन्दिनुहोस्’, उनले भनाइ थियो।

आफ्नो सरकारको पालामा भारतसँग भएको ८० र २० मेगावाटको सम्झौताका कारण अहिले लोडेसेडिङ अन्त्य भएको उनको दाबी थियो। ‘भारतसँग ८० र २० मेगावाटको सम्झौता मेरै पालामा गरेको हो। मैले गत वर्ष नै भनेको थिएँ तिहारपछि आधारभूत लोडसेडिङ अन्त्य गर्छु भनेर अहिले त्यही योजना अन्तर्गत भएको हो। यो सरकारले जादू गरेको होइन’, उनले भने।

माओवादीले लुटेको धनले सञ्चालित सञ्चारमाध्यम असभ्य र निकृष्ट रुपमा आफूविरुद्ध खनिइरहेको उनको आरोप थियो। माओवादी पार्टीको जनाधार नरहेको भन्दै उनले भने, ‘माओवादीको नामै माओवादी कैन्द्र छ यसका तल मान्छे छैनन् भए जति सबै केन्द्रीय सदस्य छन्। चार हजार जना कसरी पुगे मलाई अचम्म लागिरहेको छ।’

एमाले सरकारमा जान नचाहेको उनको भनाइ थियो। ‘एमाले अहिले सरकारमा जाँदैन तर माओवादी, कांग्रेस सबै मिल्दा पनि सरकार चलाउन नसकेको देखियो। गियर त फँस्यो नि!’, उनले भने।

बंगलादेश टुक्र्याउने बेला मुज्जाफिर नामका एक सरकारी व्यक्तिले राज्यको सूचना चुहाएको स्मरण गर्दै एमाले अध्यक्ष ओलीले अहिले नेपालमा यस्ता सयौं मुज्जाफिर रहेको बताए। ‘उनीहरु खुलमखुल्ला हिँडिरहेका छन् मलाई अचम्म लागेको छ’, उनले भने।

विभिन्न पार्टी परित्या गर्ने ९२ जनालाई ओलीले एमाले प्रवेश गराएका थिए।

 

प्रकाशित: २३ मंसिर २०७३ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App