८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

अब चार दिन भित्रै सरकारलाई पूर्णता दिन्छुः प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका छन्।

सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका हुन्।

प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग भोली (मंगलबार) बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पारे।

आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढंगले सरकारले काम गर्ने दावी समेत गरे।

प्रधानमन्त्री दाहालले भने, ‘अब आज विश्वासको मत प्राप्त भईसकेपछि भोली विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ। जोजो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमती भएको छ। सबैसँग बसेर २÷४ दिन भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ। भारत भमणको टुंगो छैन। सायद यो महिनाको अन्त्य तिर वा अर्को महिनाको सुरुवातमा हुन सक्दछ। जति भयो त्यो चाँही पर्याप्त छ। अब आरामसँग सरकार चल्छ । अव विकास, निर्माणको कामले गति लिन्छ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चैत्रको अन्तिम हप्ता वा बैशाख पहिलो हप्ता भित्र हुन सक्ने बताए।  

प्रकाशित: ६ चैत्र २०७९ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App