काठमाडाैं-प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले मंगलबार व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्न मधेसी मोर्चालाई आग्रह गरेका छन्। सरकारले मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई यथास्थितिमा स्विकार गर्न नसकिने बताएपछि प्रधानमन्त्रीले मधेसी मोर्चाका शीर्ष नेतासँग परामर्श गरेका हुन्।
अहिलेको राजनीतिक समिकरण र परिस्थितिले मोर्चाका सबै माग पूरा गर्न सम्भव छैन, जति संभव छ, त्यो ल्याएको छ, त्यसलाई मसर्थन गर्नुस र स्थानीय निकायको निर्वाचनमा जाऔं,’ बैठकमा प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले मोर्चाले उठाउँदै आएका सबै माग पूरा गर्न नसकिने भन्दै सरकारले सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावलाई समर्थन गर्न प्रधानमन्त्रीले आग्रह गरेको मोर्चाका नेता एवं सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए। अहिलेको राजनीतिक समिकरण र परिस्थितिले मोर्चाका सबै माग पूरा गर्न सम्भव छैन, जति संभव छ, त्यो ल्याएको छ, त्यसलाई मसर्थन गर्नुस र स्थानीय निकायको निर्वाचनमा जाऔं,’ बैठकमा प्रधानमन्त्रीले भने।
मधेसी मोर्चाले भने अहिलेको प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने भन्दै संशोधन प्रस्ताव परिमार्जन गर्नुपर्ने माग गरेको सुमनले जनाए। मोर्चाका माग सम्बोधन गर्ने गरी संशोधन प्रस्ताव नआएको भन्दै मोर्चाले संशोधन प्रस्ताव परिमार्जन नगरे निर्वाचनमा जान नसकिने मात्र होइन, निर्वाचन नै हुन नदिने चेतावनी दिएको महासचिव सुमनले जनाए।
सरकारले मंगलबार मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको थियो। तर मधेसी मोर्चाले नै संशोधन प्रस्ताव यथास्थितिमा स्वीकार गर्न नसकिने बताएपछि सरकार अप्ठ्यारोमा परेको छ। सरकारले संशोधनमार्फत पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव गरेपछि सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र, नेपाली कांग्रेसका नेताहरुसमेत आन्दोलनमा उत्रिएका छन्।
प्रकाशित: १६ मंसिर २०७३ ०६:१५ बिहीबार