२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं–सरकारले मंगलबार राति संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेपछि प्रमुख प्रतिपक्ष दल एमालेले संसदीय दलको बैठक बोलाएको छ। संविधान संशोधनको आधार र औचित्य पुष्टि गर्नुपर्ने अडानमा रहेको एमालेले संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएको छ।

बुधबार मध्यान्ह बोलाएको संसदीय दलको बैठकमा सांसदहरुलाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको एमाले संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङले जानकारी दिए। ‘यो नियमित बैठक नै हो,’ नेम्वाङले भने,‘तर हिजो राति सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि त्यस विषयमा पनि छलफल हुन्छ।’

एमालेले  प्रदेश सभा गठन नभएको अवस्थामा रुपान्तरित संसदलाई संविधान संशोधन गर्ने अधिकार नभएको जनाएको छ। एमालेले पाँच नम्बर प्रदेश टुक्र्याउने गरी आएको संशोधन प्रस्तावलाई स्वीकार गर्न नसक्ने जनाएको छ।

प्रकाशित: १५ मंसिर २०७३ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App