४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुने बताएका छन्।

बिहीवार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको बताए। उनले अबको ध्यान सरकारलाई पूर्णता दिने, हुने उल्लेख गरे।

उनले भने, ‘स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन अब राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको निर्वाचन एउटा बाँकी छ। तर समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको छ। अब हाम्रो ध्यान सरकारलाई पूर्र्णता दिने हुन्छ। उपराष्ट्रपतिको निर्वाचनपछि सरकार बिस्तार हुन्छ।’

राष्ट्रपति निर्वाचनबाट आज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्।

प्रकाशित: २५ फाल्गुन २०७९ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App