१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

शान्ति प्रक्रियालाई पूर्णता दिन्छौँ: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य रेखा शर्माले जनताको जीवनसँग जोडिएका मुद्दालाई प्रभावकारीरुपमा अघि बढाउन पार्टीका कार्यकर्तालाई निर्देशन दिएकी छिन्।

धादिङको गल्छी गाउँपालिका र धुनिबेँसी नगरपालिकाका कार्यकर्तासँगको भेटमा मन्त्री शर्माले सो निर्देशन दिएको उनका प्रेस संयोजक नरेन्द्र केसीले बताए।

पार्टी र सरकारसम्म जनताका आवाज पुर्‍याउने मुख्य भूमिका स्थानीयस्तरका नेता कार्यकर्ताको हुने भएकाले यसलाई प्रभावकारीरुपमा अघि बढाउन नेता कार्यकर्ता निःस्वार्थ र सेवा भावसहित लाग्नुपर्ने मन्त्री शर्माको भनाइ छ।

'हामी जनताकै जीवन परिवर्तनका लागि आफ्नो जीवनको समेत पर्वाह गरी राजनीतिमा लागेका छौँ, हामीसँगैका कयौँ साथी सहिद हुनुभयो', उनले भनिन्, 'हामी जो जसले जे जिम्मेवारी पाएका छौँ, सहिदका सपना र जनताको भावनालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।'

अहिले शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले यसैमा टेकेर नेतृत्व र पार्टीमाथि प्रहार गर्न थालिएको उल्लेख गर्दै मन्त्री शर्माले जतिसक्दो चाँडो शान्ति प्रक्रियालाई पूर्णता दिने काममा सरकार लागेको बताइन्। 

पार्टी र नेतृत्वमाथि विभिन्न कोणबाट भइरहेका प्रहारबाट हतोत्साहित नहुन कार्यकर्तालाई आग्रह गर्दै उनले पार्टी र नेतृत्व अझ मजबुत भएर अघि बढ्ने पनि उल्लेख गरिन्।

प्रकाशित: २३ फाल्गुन २०७९ १२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App