१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘विदेशीलाई प्रमुख पद दिने अंगीकृत नागरिकता हाम्रो माग होइन’

काठमाडौं– संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामणि सुवेदीले विदेशी नागरिकलाई मुलुकको संवैधानिक पदमा पुर्याउने अंगीकृत नागरिकता आफूहरुको माग नरहेको स्पष्ट पारेका छन्।

विदेशी नागरिकलाई समान अधिकार दिने अंगीकृत नागरिकताको पक्षमा मधेशी मोर्चा वा संघीय गठबन्धन नरहेकोले यो विषयलाई अनावश्यक प्रचारप्रसार तथा विवाद नगर्न उनले आग्रह गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सुवेदीले भने, ‘मोर्चा वा गठबन्धनले त्यस्तो प्रस्ताव नै नगरेपछि यसमा विवाद गर्नुको तुक छैन।’

विदेशी नागरिकलाई अधिकार दिलाउन मधेश आन्दोलन नभएको स्मरण गराउँदै नेता सुवेदीले संघीयता, समानुपातिक समावेशिता र पहिचानको मुद्दालाई मधेश आन्दोेलनले बलियो ढंगले स्थापित गरिसकेकोले यसकाविरुद्ध कसैले पनि चलखेल नगर्ने चेतावनी दिए।

‘अहिलेको प्रमुख एजेन्डा संविधान संशोधन भएकोले अंगीकृत नागरिकताको नाममा मधेश आन्दोलनबाट स्थापित मुद्दालाई कमजोर बनाउने षड्यन्त्र कसैले नगरे हुन्छ,’ उनले भने।

संशोधन प्रस्तावको मस्यौदा तयार हुन ढिलाइ गरेकोमा सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले तयार नै नभएको मस्यौदा सार्वजनिक भएको भन्नु र त्यसमै विवाद गर्नु हास्यास्पद रहेको नेता सुवेदीले टिप्पणी गरे।

प्रकाशित: २२ कार्तिक २०७३ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App