३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जाजरकाेटमा ७ स्थानीय तह बनाउन सिफारिस

 जनक केसी

जाजरकोट–राज्य पुर्नसंरचनाका लागि जाजरकोटबाट  तीन नगरपालिका र चार गाउँपालिकासहित ७ स्थानीय तहको प्रस्ताव  गरिएको छ।  सीमांकनका विषयमा दलहरुबीच तीव्र विवाद भएपछि स्थानीय प्राविधिक समितिले राज्य पुर्नसंरचना आयोगले दिएको  म्याद भित्र निर्णय गर्न असफल भएको थियो। एमालेको राम्रो पकट रहेको साल्मा गाविसको  सीमांकनको विषयलाई लिएर  काँग्रेस माओवादी र एमालेबीच तीव्र विवाद हुँदा २० गते  समितिले  निर्णय गर्न सकेको थिएन।

आइतवार  स्थानीय प्राविधिक समितिसहित सर्वदलीय सर्वक्षीय बैठकमा एमाले  र माओवादीका नेताहरुले आफना अडान छोडेपछि पुर्नसंरचनाको निर्णय गर्न सहज भएको हो।  प्राविधिक समिति र स्थानीय राजनैतिक दलहरुको संयुक्त वैठकले  सर्वसम्मतिमा स्थानीय निकायहरुको संख्या सीमा र नामको टुंगो लगाएको  स्थानीय विकास अधिकारी इन्द्र गौतमले बताए।

 स्थानीय तअ पुर्नसंरचनाका लागि गठित स्थानीय प्राविधिक समितिका संयोजक इन्द्र गौतमको अध्यक्षतामा वसेको   वैठकले  पूर्वमा ५ गाउँविकास समितिहरु समावेस गरेर  नलसिंहगाड नगरपालिका, सदरमुकाम खलंगा रहेको साविकको भेरीमालिका नगरपालिकाको नाम परिवर्तन गरी भेरी नगरपालिका र  पश्चिममा  ६ वटा गाविस समावेश गरी  छेडागाड नगरपालिकाको सिफारिस गएिको  संयोजक गौतमले जानकारी दिए।

त्यस्तै  चारवटा  गाउँपालिकामा बारेकोट, कुसे, कचाली, र जुनी चादे वा भैरीचाँदे गाउँपालिकाको नाम  विशेष गाउँपालिकाको रुपमा सिफारिस गरिएको छ। एक नगरपालिका र  २६ गाविस रहेको जाजरकोटमा  दलबीचका विवादकाबीच आइतबार  स्थानीय तह पुर्नसंरचनाका लागि संख्या, सीमांकन र नाममा सहमति जुटेको हो।
बैठकले   स्थानीय तह र वडाको संख्यासहित नाम र केन्द्रको समेत टुंगो लगाएको  छ। 

संयोजक गौतमका अनुसार  भेरी नगरपालिकाको केन्द्र खलंगा, नलगाड नगरपालिकाको केन्द्र दल्ली, छेडागाड नगरपालिकाको  मनघाट केन्द्र तोकिएको छ। त्यस्तै बारेकोट विशेष गाउँ पालिकाको लिम्सा, कुसे विशेष गाउँपालिकाको  धारापानी वा वाटुल्ले, शिवालय विशेष गाउँ पालिकाको  सेवाला र  जुनीचाँदे या भैरीचाँदे विशेष   गाँउपालिकाको केन्द्र  लुहादह वा सानाखोालमा केन्द्र वैकल्पिक व्यवस्थासहित सिफारिस गरिएको छ।

 

प्रकाशित: २२ कार्तिक २०७३ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App