१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

‘उद्यमशील युवा एशियाको शक्ति’

नेहरु मेमोरियल लेक्केचरर दिए लगत्तै सभापति देउवलाई जेएनयुको मानार्थ विद्यावाराधि प्रदान गरिएको थियो। तस्विर सौजन्यः शंकर तिवारी

गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री तथा स्वतन्त्रताको लडाँइका सेनानी पण्डित जवाहरलाल नेहरु भारतले आज हासिल गरेको प्रजातान्त्रिक उपलब्धिका एक जना आधारकर्ता हुन्। नेपालको प्राजातान्त्रिक यात्रा तथा उपलब्धि सधैँ स्वतन्त्र भारत अभियानका योद्धा माहात्मा गान्धी, जय प्रकाश नारायण र नेहरुजस्ता नेताहरुबाट प्रोत्साहित छ। नेपाली कांग्रेस नेतृत्वमा जहानियाँ राण शासन अन्त्य गरी प्रजातन्त्र स्थापना हुँदा नेहरुले नागरिकका छोराछोरीलाई राज्यको नेतृत्वदायी भूमिकामा पुर्‍याउन महत्वपूर्ण सहयोग पुर्‍याएका थिए। सधैँ उनले नेपाली जनताको पक्षमा साथ दिएका थिए। तसर्थ नेपालको प्रजातान्त्रिक उपलब्धिमा भारतको सधैँ साथ र सहयोग रहँदै आएको उल्लेखनीय छ।

नेपालको संविधान उत्कृष्ट समावेशी
नेपालमा विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा नेपाली कांग्रेसले सधैँ नेतृत्वदायी भूमिका निर्वाह ग¥यो। २००७ सालदेखि २०४६ सालसम्ममा आन्दोलन नेपाली कांग्रेसका नेता स्र्वगीय गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई तथा गिरिजाप्रसाद कोइरालाको अगुवाइमा भएको थियो। कांग्रसले तत्कालीन माओवादी र सरकारबीच १० वर्षे जनयुद्ध अन्त्य तथा नेपालमा शान्ति स्थापनाको भएको महत्वपूर्ण १२ बुँदे सम्झौतामा समेत अग्रणी भूमिका निर्वाह गर्‍यो।

नेपालले सन् २०१५ मा जनताका प्रतिनिधिमूलक संविधानसभाबाट गणतन्त्र नेपालको संविधान घोषणा गर्‍यो। यो संविधान नेपालमा हालसम्मका संविधानमध्ये सबैभन्दा समावेशी र उत्कृष्ट रहेको छ।

नेपालले सन् २०१५ मा जनताका प्रतिनिधिमूलक संविधानसभाबाट गणतन्त्र नेपालको संविधान घोषणा गर्‍यो। यो संविधान नेपालमा हालसम्मका संविधानमध्ये सबैभन्दा समावेशी र उत्कृष्ट रहेको छ। यो संविधानले बिना भेदभाव महिलाहरुलाई समावेशी अधिकार प्रदान गरेको छ। उनीहरुलाई समावेशी अधिकार र प्रतिनिधित्व समेत प्रदान गरिएको छ। राष्ट्रिय  र प्रान्तीय संसदमा महिलाहरुको एक तिहाइ प्रतिनिधित्वको सुनिश्चित गरिएको छ। राज्यका प्रमुख अंगमा महिलाको सहभागीता गराइएको छ। संविधानकै प्रवधानस्वरुप अहिले नेपालमा महिला राष्ट्रपति, सभामुख र प्रधान न्यायाशीध छन्।

नेपालको संविधानले सांसदमा समावेशीताको आधारमा ४० प्रतिशत  सिट दलित, मधेशी , आदिवासी र पिछडीएका क्षेत्रलाई प्रदान गरेको छ। यो संविधानले रोजगारी, गास, बास , समाजिक सुरक्षा र मातृभषाको शिक्षा लगायत ३१ मौलिक हक प्रदान गरेको छ। नेपालको संविधानको केही धारा तथा व्यवस्थामा केहि पार्टी तथा क्षेत्र सन्तुष्ट छैन भन्ने सबैलाई थाहा भएकै कुरा हो।

सम्वृद्धिको मूल आधार नयाँ प्रविधि र उद्योग
इतिहासविद् अङ्गस म्याडिसनका अनुसार २ सय वर्ष पहिले विश्वले गर्ने उत्पादनमध्ये एसियाका देशहरुले आधा एक्लै गर्थे। तर सन् १९५० देखि चीन र भारतको शेयर १० प्रतिशतले घटेको छ। हाल एसियाली राष्ट्रहरु विश्वको आर्थिक हिस्साको केन्द्र  बन्दैछन्। दक्षिण एसियाली राष्ट्रहरुको उदयले विश्व अर्थतन्त्रमा विकासउन्मुख देशहरुको प्रतिनिधित्व हुने र स्रोतको बाँडफाँड हुने देखिँदैछ। एसियाली राष्ट्रमा रहेका उद्यमशील युवा जनशक्ति दक्षिण एसियाली राष्ट्रको उदयको प्रमुख कारण बन्न सक्छ। हामीलाई अघि बढ्न र सम्बृद्ध बन्नका लागि एकताको आवश्यकता छ। त्यसैले भारतजस्ता एसियाली राष्ट्रको उदयले नेपाललाई यस क्षेत्रमा अघि बढ्नका निम्ति हौसला मिल्दछ।

विश्वमा आज तीन विलियन भन्दा बढी मानिसले इन्टरनेटको प्रयोग गर्छन्। सामाजिक सञ्जालले मानिसलाई एकआपसमा जोडेको छ। दक्षिण एसियाली  राष्ट्रमा नयाँ बैकको स्थापनाले बैकल्पिक स्रोत र प्राविधिक सहायतमा सहयोग पुर्‍याएको छ। यसले विकासका संरचना स्थापना र मानिसहरुलाई एक आसपसमा जोड्न सहयोग गर्छ।

अहिले सम्बृद्धिको मूल आधार भनेकै नयाँ प्रविधिको उपयोग र उद्योग हुन्। यसले नेपालजस्ता विकासउन्मुख राष्ट्रलाई अघि बढ्न टेवा पु¥याएको छ। डिजिटलाइजेशनले विश्वबजारको सहभागीताको खर्चलाई कम गराइदिएको छ। आज विश्वमा भइरहेको विश्वव्यापी आयत तथा निर्यात यही प्रविधिमा निर्भर छ। प्रविधिले नै सबै राष्ट्रलाई एकै ठाउँमा जोडेको हो। सन् २०३० सम्ममा दक्षिण एसियामा ३५ मोगसिटी हुनेछन्। प्रत्येक १० जना नागरिकमा एक जना मोगसिटीको सदस्य हुनेछन्। ती मध्ये भारतसँग एक्लै ७ मेगासिटी हुनेछन्। हुन त सहरीकरणले समस्या पनि निम्त्याउँछ। र, यसले साथै अवसर पनि सिर्जना गर्छ।

यदि व्यवस्थित यातायात, डिजिटल संरचना हुने हो भने यो नै विकास र सम्वृद्धिको आधार बन्न सक्छ। मानिसहरुको स्थानान्तरणसँगै स्रोत र सोचको पनि स्तान्तरण हुने देखिन्छ। गत वर्ष मात्र विश्वभरबाट २ सय ५० मिलियन मानिस आफ्नो देश छाडेर अरुको देशमा बसाइँ सरेको छन्। नेपाल जस्ता दक्षिण एसियाली राष्ट्रमा आर्थिक सम्बृद्धिका लागि रेसिट्यान्सले धेरैै महत्वपूर्ण भूमिका छ।

विश्वमा आज तीन विलियन भन्दा बढी मानिसले इन्टरनेटको प्रयोग गर्छन्। सामाजिक सञ्जालले मानिसलाई एकआपसमा जोडेको छ। दक्षिण एसियाली  राष्ट्रमा नयाँ बैकको स्थापनाले बैकल्पिक स्रोत र प्राविधिक सहायतमा सहयोग पुर्‍याएको छ। यसले विकासका संरचना स्थापना र मानिसहरुलाई एक आसपसमा जोड्न सहयोग गर्छ ।

रोजगारी र गरिबी हाम्रा मुख्य चुनौती

आर्थिक सम्बृद्धि र राजनीतिसँगसँगै अगाडि बढ्न सक्छन्। यसका लागि भविष्यमा बाधा तथा अवरोध आउदैन म भन्दिन तर संवाद र सहकार्यले हामीले यस्ता समस्यालाई हटाउँदै अगाडि बढ्न सकिन्छ। एसियाली राष्ट्रमा मुख्यतया युवालाई रोजगारीको अवसर प्रदान गर्ने, गरिबि न्युनीकरण, उत्पादनका नयाँ आयामलाई कसरी आत्मासात गर्ने भन्ने लगायतका समस्या देखिन्छन्।

हजारौ नेपाली विद्यार्थीहरु वर्षेनी जेएनयु जस्ता भारतीय विश्व विद्यालयमा अध्ययनका लागि आउछन्। हजारौ मानिसहरु धार्मिक तथा व्यत्तीगत भ्रमणका लागि आउँछन्। लाखौले भारतीय चलचित्र र च्यानलहरु हेर्छन्। हामी बौद्धिक रुपमा समेत एक आपसमा निकट छौं। यही सम्बन्धले हामीलाई अझ नजिक ल्याएको छ।

नेपाल र भारत यो यात्रामा सँगै छन्। हामीले विगत आदान–प्रदान गरेका छौं र भविष्यमा पनि साथै रहनेछौं। हामी  भौगोलिक, सांस्कृतिक र क्षेत्रीय रुपमा पनि जोडिएका छौ। दुई देशबीचका नागरिकमा भएको आपसी साझेदरी र सद्भावले हाम्रा आशा जगाएका छन्। हजारौ नेपाली विद्यार्थीहरु वर्षेनी जेएनयु जस्ता भारतीय विश्व विद्यालयमा अध्ययनका लागि आउछन्। हजारौ मानिसहरु धार्मिक तथा व्यत्तीगत भ्रमणका लागि आउँछन्। लाखौले भारतीय चलचित्र र च्यानलहरु हेर्छन्। हामी बौद्धिक रुपमा समेत एक आपसमा निकट छौं। यही सम्बन्धले हामीलाई अझ नजिक ल्याएको छ।

भारत एसियाको उदयमान शत्तिका रुपमा विश्वमा अगाडि बढिरहेको छ र हामी यो निश्चित गराउन चहान्छौ कि तपाईहरुको यो यात्रामा नेपाली जनताको साथ सधै रहिरहने छ। हामी भारतसँगको सहकार्यमा आर्थिक रुपमा अगाडि बढ्नेमा आशावादी छौं। हामीबिच भएका दौत्य लगानीले युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्नेमा पनि हामी आसावादी छौं।

(नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतकाे जवाहरलाल नेहरु विश्वविद्यालयको नेहरु मेमोरियल लेक्चररमा आइतबार अपरान्ह अंग्रेजीमा दिएको लामो प्रवचनको भावानुवाद। —सम्पादक)
 

प्रकाशित: २२ कार्तिक २०७३ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App