२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

'अलबिदा लोकमान, अख्तियारलाई जीवनदान!' भन्दै प्रदर्शन हुने

काठमाडौं-  निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विरुद्धमा भोली शनिबार प्रदर्शन हुने भएको छ। 'अलबिदा लोकमान, अख्तियारलाई जीवनदान!' नारा दिँदै शनिबार ११ बजे माइतिघरमा प्रदर्शन हुन लागेको हो। कार्की विरुद्धको महाअभियोग प्रस्तावमा दलहरुलाई दह्रोसँग उभिन दवाव दिन प्रदर्शन हुन लागेको हो।

लोकमानको विदाइ, सुशासनको स्थापना र अख्तियारमा योग्य व्याक्ति नियुक्त गरि पूनर्जीवनको मागका लागि उर्लिने मानव सागरमा सहभागी बन्न गोविन्द केसी अलाइन्सले आह्यवान समेत गरेको छ।

बरिष्ठ चिकित्सक गोविन्द केसी चिकित्सा क्षेत्रको सुधार सहित कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राख्दै अनसन बसेका थिए।

यता लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा खुट्टा नकमाउन आग्रह गर्दै विभिन्न ११ राजनीतिक दलका विद्यार्थी संगठनले सडक संघर्ष थाल्ने निर्णय गरिसकेका छन्। उनीहरुले शुक्रबार शान्तिबाटिका नेताहरुलाई खबरदारी गर्दै एक घन्टासम्म प्रदर्शन गरेका छन्।

 

प्रकाशित: ५ कार्तिक २०७३ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App