९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्न प्रधानमन्त्री सकारात्मक: सांसद महत

फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेससहित बसेको चार दलीय बैठकमा प्रधानमन्त्री राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक देखिएको बताएका छन्।  

शुक्रबार संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल काँग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समथृन गर्न सकारात्मक रहेको दाबी गरेका हुन्।  

सांसद महतले राष्ट्रपतिको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने अपेक्षा राखेको पनि बताए। उनले काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने कुरामा अन्य दलहरु पनि सकारात्मक रहेको उल्लेख गरे।

आज साँझ बस्ने चार दलीय बैठकले सो निर्णय गर्ने पनि उनले बताए। उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिका लागि योग्य भएको पनि बताए।  

उनले भने, ‘छलफल राष्ट्रपतिकै विषयमा हो। हामीले राष्ट्रपतिको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने नै हाम्रो अपेक्षा हो। त्यसमा प्रधानमन्त्रीको पनि सकारात्मक कुरा नै थियो। अन्य दलहरुले पनि सकारात्मक कुरा नै गर्नुभएको छ। त्यसै सिलसिलामा पनि छलफल भएको छ, बेलुका पनि छलफल हुँदैछ। आज बेलुकासम्म त्यहाँबाट एउटा निस्कर्ष निस्किन्छ।’

प्रकाशित: १२ फाल्गुन २०७९ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App