१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

थारु सांसदले दिए संसदबाटै सशस्त्र विद्रोहको धम्की (भिडियो)

संसदलाई सम्बोधन गर्दै सांसद योगेन्द्र चौधरी

काठमाडौं— मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सांसद योगेन्द्र चौधरीले संसदलाई सम्बोधन गर्दै मधेसी र थारुका माग सम्बोधन नभए सशस्त्र विद्रोह हुने चेतावनी दिएका छन्।

सरकारलाई समर्थक समेत रहेको फोरम लोकतान्त्रिकका सांसद चौधरीले संसदमा बोल्दै भने, ‘टीकापुर घटनालाई विभिन्न तह तप्कामा बहस भए। यदि थारुहरुबारे सरकारले सकारात्मक निर्णय लिएन भने थप विद्रोह हुनसक्ने सम्भावना छ सभामुख महोदय।’

सरकार समर्थक समेत रहेको फोरम लोकतान्त्रिकका सांसद चौधरीले संसदमा बोल्दै भने, ‘टीकापुर घटनालाई विभिन्न तह तप्कामा बहस भए। यदि थारुहरुबारे सरकारले सकारात्मक निर्णय लिएन भने थप विद्रोह हुनसक्ने सम्भावना छ सभामुख महोदय।’

मधेसी तथा थारु नेताहरुले गत वर्ष कैलालीको टीकापुरमा भएको घटनाका दोषीलाई थुनामुक्त गर्न सरकारमाथि दवाब बढाइरहेको सन्दर्भमा थारु सांसदले विद्रोहको धम्की दिएका हुन्। २०७२ भदौ ७ गते टीकापुरमा थरुहट/थरुवान प्रदेशको माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीबाट एक बालक र प्रहरी बरिष्ठ उपरीक्षक सहति ७ प्रहरीको हत्या भएको थियो।

(विस्तृतमा पढ्नुहोस्  : एसएसपीसहित ७ सुरक्षाकर्मी र १ बालकको हत्या)

एसएसपीसहित सात सुरक्षाकर्मीको हत्या, २० प्रहरी, २१ सशस्त्र बल घाइते - See more at: http://archive.nagariknews.com/society/nation/story/44054.html#sthash.jSC4Pd8i.dpuf
एसएसपीसहित सात सुरक्षाकर्मीको हत्या, २० प्रहरी, २१ सशस्त्र बल घाइते - See more at: http://archive.nagariknews.com/society/nation/story/44054.html#sthash.jSC4Pd8i.dpuf
एसएसपीसहित सात सुरक्षाकर्मीको हत्या, २० प्रहरी, २१ सशस्त्र बल घाइते - See more at: http://archive.nagariknews.com/society/nation/story/44054.html#sthash.jSC4Pd8i.dpuf

मंगलबार संसदमा बोल्दै सांसद चौधरीले सरकारका माओवादीले जनयुद्ध सुरु गर्नुअघि सरकारलाई ४२ बुँदे माग राखेको स्मरण गराए। ‘माओवादीले विद्रोहमा जानुअघि सरकारलाई राखेको माग बेवास्ता गर्दा देशले त्यत्रो ठूलो विद्रोह खेप्नु पर्‍यो। फेरि पनि त्यही स्थिति आउन सक्छ’, उनले भने।
थारु र मधेसीका मागलाई बेवास्ता गर्ने हो भने मुलुक थप संकटमा जाने र संविधान धरापमा पर्ने सम्भावना रहेको उनले औंल्याए। थारु र मधेसीका मागसँग खेलवाड नगर्न उनले चेतावनी दिए।

सरकार गठन हुनुअघि मधेसवादी दलहरुसँग संविधान संशोधन गर्ने विषय सहित ३ बुँदामा सम्झौता भएको स्मरण गर्दै उनले भने, ‘अब दशैँ पछाडि संविधान संशोधन गर्ने कुरा आइरहेको छ। सम्झौता गर्ने अर्को पक्ष के सरकार संविधान संशोधनको अडानबाट पछि हटेको हो ?’

 

भिडियो

प्रकाशित: १८ आश्विन २०७३ ०९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App