४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (शुक्रबार) बस्‍दै छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान ९ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको  बताएका हुन्।

बिहीबारका लागि बोलाइएको संयन्त्रको बैठक संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएपछि शुक्रबार बिहानका लागि सारिएको थियो।

ओलीसँगको भेटवार्तापछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्रीले संयन्त्र बैठक शुक्रबार बिहान बस्ने बताएका थिए।

फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ। सत्ता साझेदार दल नेकपा एमालेले गत पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेको छ। तर पुस २६ मा प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो। यो परिस्थितिसँगै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने तर्क माओवादीले गर्दै आएको छ।

प्रकाशित: २७ माघ २०७९ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App