४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनीमा आज राष्ट्रिय सभाको उपनिर्वाचन हुँदै

फाइल तस्बिर।

राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि लुम्बिनीमा आज उपनिर्वाचन हुँदैछ।

निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ।

राष्ट्रिय सभा सदस्यका लागि नेकप एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्तिका तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। एमालेबाट कुमार दसौदी र प्रमुख कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले मनोनयन दर्ता गराएका छन्।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिएका थिए। उक्त रिक्त रहेको सिटमा आज उपनिर्वाचन हुन लागेको हो।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउनेछन्।  

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ। जसमध्ये प्रदेश सांसदको संख्या ८७ छ। प्रदेश भर १०९ स्थानीय तहका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको छ।

प्रकाशित: २५ माघ २०७९ ०२:२० बुधबार

राष्ट्रिय सभा