२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेस दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी: अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी भएको बताएका छन्।

ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले काँग्रेस उदारवादको पक्षपोषण गर्ने र दलाल पुँजीपति वर्गकोको प्रतिनिधित्व गर्ने पार्टी रहेकाे बताएका हुन्।

उनले भने, ‘अहिले प्रतिनिधि सभाको सबैभन्दा ठुलो दलका रूपमा रहेको नेपाली काँग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी हो। नव उदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल पुँजीपति वर्गकोसमेत हित प्रतिनिधित्व गर्दछ। तथापि यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ।’

प्रकाशित: २१ माघ २०७९ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App