२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

स्वास्थ्यमन्त्री थापाले तस्बिर प्रदर्शनी हेरेपछि भने: एउटै तस्बिरले धेरै कुरा बोल्न सक्छ

काठमाडौं- पीजे क्लवको फोटो प्रदर्शनीको चौथो दिन स्वास्थमन्त्री गगन थापा प्रदर्शनी अवलोकन गर्न आर्ट काउन्सील पुगेका छन्।

तस्बिर हेर्दै मन्त्री थापाले तस्बिरले समाजको बारेमा, धार्मीक, सांस्कृतिक र पर्यटकीय स्थलको बारेमा जानकारी दिएको बताए। उनले भने, 'एउटै तस्बिरले धेरै कुरा बोल्न सक्छ, यहाँ राखिएका तस्बिरहरु त्यसकै प्रतिनिधि छन्।' उनले प्रर्दशनी एकपटक सवैलाई अवलोकन गर्न सुझाव दिए।

क्वलले देशभरबाट छानिएका विभिन्न विधाका १ सय ५० उत्कृष्ट तस्बिरहरु प्रदर्शनीमा राखेको छ। प्रर्दशनी मंगलबार सम्म चल्ने छ ।

यस्तै श्रममन्त्री सूर्यमान गुरुङले पनि तस्बिर अवलोकन गरेका छन्। तस्बिर अवलोकन गरेपछि श्रममन्त्री गुरुङले समाजलाई प्रत्यक्ष झल्काउन र हेर्न यस्ता प्रदर्शनी महत्वपूर्ण हुने बताए।

प्रदर्शनी सांसद रामहरी खतिवडा, पशुपती चौलागाई, एमाले केन्द्रीय सदस्य ठाकुर गैरे, कुटनीतकि नियोकका प्रतिनिधिहरु, कलाकारहरु प्रियंका कार्की, दीपाश्री निरौला, पूननिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली, अनेरास्ववियूका अध्यक्ष नविना लामा, व्यवसायी प्रभावकर शमसेर जवरा, दिपक मलहोत्रा लगायत विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरु, सरकारी कर्मचारी समाजका प्रतिष्ठित व्याक्तित्वहरु गरी करिब ७ हजारले प्रदर्शनी अवलोकन गरेको क्लवले जनाएको छ।  

 

प्रकाशित: १९ भाद्र २०७३ १३:५७ आइतबार

स्वास्थ्यमन्त्री थापाले तस्बिर प्रदर्शनी हेरेपछि भने एउटै तस्बिरले धेरै कुरा बोल्न सक्छ