सांसद ईश्वरीदेवी न्यौपानेले समृद्ध देश, सुखी जनता भजाउने बिषय मात्र भएको बताएकी छिन्।
बुधबार संसदको शून्य समयमा बोल्दै उनले भनिन, ‘यदि त्यो नहुँदो हो त संसद भवन अगाडी युवा उद्यमी प्रेम आचार्य निराश भएर आफैले आफैलाई पेट्रोल खनाएर आत्मदाह गर्ने थिएनन। यो सामान्य घटना होइन। प्रेम प्रतिक मात्र हुन। हाम्रो देशको हजारौं युवाहरुको मनस्थिती यो भन्दा फरक छैन।’
उनले देशमा संभावना नदेखेर नविन संभावना पछ्याउदै विदेशीएका पे्रमहरु काठको बाकसमा फर्किरहेका कारुण दृश्य देख्दै र भोग्दै आइरहेको पनि उल्लेख गरिन्।
‘आज आफ्नै मातृभुमिका घटेको अत्यन्त दुख र त्रासदीपूर्ण घटना त छ नै यसले राज्यलाई चुनौती दिएको छ’, सांसद न्यौपानेले भनिन, ‘यो झिल्कोले डढेलोका रुप लिन बेर लाउदैन। बेलैमा सचेत बनौं । ठोस कदम चालौ सभामुख मार्फत अनुरोध गर्दछु।’
प्रकाशित: १८ माघ २०७९ ०८:२० बुधबार