१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी नेताद्वारा सरकारको चर्को आलोचना( भिडियो)

काठमाडौं–संसदमा मुख्य रुपमा प्रतिपक्षले सरकारको आलोचना गर्ने र सत्तापक्षले सरकारको बचाउ गर्ने गरिन्छ। तर बिहीबार बसेको व्यवस्थापिका संसद बैठकमा भने सत्तापक्षका नेताहरुले नै सरकारको चर्को आलोचना गरे। माओवादी केन्द्रका नेता अग्नि सापकोटाले आफ्नै दलको नेतृत्वको सरकारको चर्को आलोचना गरेका हुन्।

उनले  दिनादुदिन हुने सवारी दुर्घटनामा परी सयौं जनताको ज्यान जाँदासमेत सरकार र यातायात व्यवासायीको मिलेमतोमा सिण्डिकेट लादिएको आरोप लगाए। सिण्डिकेटवालाले सरकारलाई खुला चुनौती दिँदासमेत सरकार लाचार भएको आरोप लगाए। उनले सरकार भूकम्प पीडितको समस्याप्रति गम्भीर नभएको आरोप लगाए।

वास्तविक भूकम्प पीडितले अहिले पनि राहत नपाएको भन्दै सापकोटाले भूकम्प पीडितलाई राहत पाउनुपर्ने बताए।  तातोपानी नाका बन्द भएको डेढ वर्ष भइसक्दासमेत नाका सुचारु हुन नसकेको भन्दै नाका खुलाउन पहल गर्न आग्रह गरे।
विगतमा उर्जामन्त्रालय र  ग्राहबीच लाइन नकाट्ने सहमति भएपनि कर्मचारीले सरकारलाई बद्मान गराउन लाइन काटेको भन्दै आपत्ति जनाए।  

 

प्रकाशित: १६ भाद्र २०७३ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App